पार्टीबाट कसलाई मन्त्री बनाउने/नबनाउने भन्ने निर्णय हाम्रै पार्टीले गर्छ, अरुको तागतले रोक्दैन: नेता खनाल

Read Time = 2 mins

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा सांसद झलनाथ खनालले पूर्वसहमति अनुरुप नै पार्टीका मन्त्रीहरुलाई फेरबदल गर्न लागेको बताउनुभएको छ ।

सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ सांसद खनालले कुन व्यक्तिलाई मन्त्री बनाउने भन्ने कुरा पार्टीको सार्वभौम कुरा भएको बताउनुभयो ।

उहाँले आफ्नो पार्टीको तर्फबाट कसलाई मन्त्री बनाउने भन्नेकुरा पार्टीले नै निर्णय गर्ने भन्दै धर्तीका अरु कुनै तागतले गर्न नसक्ने बताउनुभयो । उहाँले छ महिनासम्म एउटा समुह र त्यसपछि अर्को समुहलाई मन्त्रिपरिषद्मा पठाउने पार्टीमा पूर्वसहमति गरिएको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘कुन व्यक्तिलाई मन्त्री बनाउने या नबनाउने त्यो सम्बन्धित पार्टीको सार्वभौम कुरा हो । अरुले गर्ने होइन । हाम्रो पार्टीका तर्फबाट कसलाई मन्त्री बनाउने या नबनाउने भन्नेकुराको निर्णय नेकपा (एकीकृत समाजवादी)ले गर्छ यो धर्तीका अरु कुनै तागतले गर्ने कुरा होइन त्यो । हामीले पहिले नै सहमति त्यस्तै गरेका थियौँ । छ महिनासम्म एउटा टिमलाई दिने । त्यसपछाडी अर्को टिम पठाउने भन्ने सुरुकै हाम्रो सहमति हो । त्यही अनुसार हामीले गरेको हो । हामीले पार्टीको कमिटीमा सल्लाह गर्ने हो । कमिटीले निर्णय गर्छ । त्यसलाई पालना गर्नुपर्छ । हाम्रो पार्टीमा लाखौँ सदस्यहरु हुनुहुन्छ । लाखौँ सदस्यहरु भएपनि कमिटीहरुले निर्णय गर्छन् । त्यसलाई हामी सबैले पालना गर्छौ । पद्धती नै त्यही हो नि ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?