प्रचण्ड–नेपालप्रति नेता शाहीको आक्रोस: क्षमता नभएकाहरूले अरुलाई देखाएर प्रधानमन्त्रीको वार्गेनिङ गर्दैछन्

Read Time = 3 mins

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं नेविसंघका निवर्तमान उपाअध्यक्ष पुष्पकुमार शाहीले माओवादी केन्द्र र नेकपा एकीकृत समाज वादीका अध्यक्षले आफ्नो दुनो सोझ्याउन पटक–पटक कांग्रेससँग घुर्की लगाउने गरेको आरोप लगाउनु भयो ।

काठमाडौंमा आयोजिक एक कार्यक्रममा बोल्दै नेता शाहीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई देखाएर नेपाली कांग्रेससँग केही व्यक्तिले प्रधानमन्त्री पदको बार्गेनिङ गर्न खोजेको शाहीको आरोप छ । उहाँले प्रचण्ड र नेपालले पटक–पटक यस्ता घुर्की दिँदै आएको बताउँदै घुर्कीले कुनै फरक नपर्ने टिप्पणी गर्नुभयो।

'यो उहाँहरूको पुरानै घुर्की हो । कांग्रेसले पुराना नेताहरू हुन् । ठिकै छ सहयोग गरिदिउ भनेर अप्ठ्यारोमा पर्दा साथ दिन्छ । उहाँहरूले त्यसैको फाइदा लिन खोज्छन् । जुन गलत हो,' उहाँले भन्नुभयो ।

नेता शाहीले माओवादी र एकीकृत समाजवादीले आफ्नो हैसियत बिर्सन नहुने बताउनु भयो । भर्खंरै सम्पन्न भएको स्थानीय तहको चुनावमा पनि माओवादी र एकीकृत समाजवादीले आफ्नो हैसियतभन्दा बढी सिट मागेकोले कांग्रेसले राम्रै नतिजा ल्याए पनि सोचेजस्तो नतिजा ल्याउन नसकेको शाहीले बताउनु भयो ।

उहाँले केन्द्र र प्रदेशको चुनावमा गठबन्धन गर्न चाहनेहरूले बजारमा नानाथरी कुरा गर्नूको अर्थ नभएको बताउनु भयो । 'कांग्रेस जनताको पार्टी हो । वर्षौंदेखि जनताको सेवक बनेर कांग्रेसले काम गरेको छ । अहिले पनि सबै दललाई मिलाएर लगौं । सबै मिलेर गए मुलुकको विकास चाडो हुन्छ भन्ने मात्रै कांग्रेसको चाहना हो । हामीलाई बैशाखी चाहिँदैन । हामी बैशाखी बन्ने हो,'उहाँले भन्नुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
राशिफल २३ जेठ, मेष : समूहगत कार्यमा सफलता मिल्ने, कन्या : दैनिक… कहिले भित्रिएला नेपालमा मनसुन ? १६ औं राष्ट्रपति रनिङ शिल्डमा वागमती च्याम्पियन आठ विश्वविद्यालयका उपकुलपति छनोटकाे सर्ट लिस्ट सार्वजनिक भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि… मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः सभापति लामिछाने बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप रास्वपा सभापति लामिछाने भारत भ्रमण सकेर स्वदेश फर्किए