बस दुर्घटना परी बेपत्ता भएका शिशुको शव भेटियो

Read Time = 1 min
A A- A+

धनगढी । बस दुर्घटनामा परेर बेपत्ता भएका अछामको कमलबजार नगरपालिकाका १८ महिने शिशुको नदी किनारमा शव फेलापरेको छ ।

कैलालीबाट अछामका लागि छुटेको ना५ख ९६६३ नम्बरको बस यही जेठ ७ गते डोटीको शिखर नगरपालिका–१ गेरु पानी भन्ने स्थानमा दुर्घटनामा परेको थियो । बस सेती नदी किनारमा खेसेको थियो ।

बस दुर्घटना भएको १५ दिनपछि बेपत्ता बालक अछामको कमलबजार नगरपालिका–६ का १८ महिने शिशु सुजङ्ग शाहीको दिपायल सिलगढी नगरपालिका–४ स्थित रेडियो नेपाल नजिककै नदीमा शव फेला परेको प्रहरीले जनाएको छ ।

बालकका परिवारलाई शव बुझाइएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रूपसिंह थापाले बताउनु भयो । बस दुर्घटनामा परी मृतक बालकका आमाबुवा सहित १२ जना घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?