काठमाडौं । सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेकोमा उक्त निर्णय फिर्ता लिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले हप्तामा दुई दिन ९शनिबार र आइतबार० बिदा दिने निर्णय गरेकोमा उक्त निर्णय खारेज गरेको हो ।
सरकारले यही जेठ १ गतेदेखि शनिबारसँगै आइतबार पनि बिदा दिने निर्णय गरेको थियो । दुई दिन सार्वजनिक बिदा तत्कालका लागि परीक्षणका रुपमा लागू गरिएको थियो ।
दुई दिन बिदा व्यवहारिक नभएको भन्दै फिर्ता लिनुपर्ने दबाब बढिरहेको थियो । यससँगै सरकारले असारबाट लागू हुनेगरी आइतबार सार्वजनिक बिदा नदिने निर्णय गरेको छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
विष्णुपुराण संक्षिप्त चर्चा
हात्ती आयो हात्ती आयो फुस्सा
नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन
साहित्य परिषद् भूटानको अध्यक्षमा खेम
सीपमूलक शिक्षामा जोड दिँदै काठमाडौं