घोराही । दाङको घोराही उपमहानगरपालिका–१४ प्रहरीले हत्या अभियोगमा एक महिलालाई पक्राउ गरेको छ ।
घोराही उपमहानगरपालिका–१४ स्थित कोठा भाडामा बस्दैआएकी भारत बलरामपुरकी ३७ वर्षीया गायत्री नेपालीले अचार पिस्ने लोहोरो प्रहार गरी ३३ वर्षीय श्रीमान पंकज गुप्ताको हत्या गरेकोभन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो ।
सोमबार बिहान उनले लोहोरो प्रहार गर्दा गुप्ताको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । श्रीमानले रक्सी खाएर आफूलाई कुटपिट गरेपछि त्यसको प्रतिकार गर्न खोज्दा घटना घटेको गायत्रीले प्रहरी समक्ष बयान दिएकी छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच