एक महिनामै दुई दिने बिदा दिने निर्णयबाट किन पछि हट्यो सरकार ?

Read Time = 1 min

काठमाडौं । सरकारले सातामा दुई दिने बिदा दिने निर्णय खारेज गरेको छ ।

जेठ १ बाट सुरु भएको सातामा दुई दिन बिदा दिने निर्णय असार १ गतेदेखि खारेज गर्ने निर्णय सरकारले गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्ले बिदाको व्यवस्था खारेज गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि सरकारले दुई दिन बिदा दिने निर्णय गरेको थियो तर यो निर्णयको बिरोध भइरहेको थियो ।
इन्धन खपतको नाममा दुई दिन बिदा दिएको भए पनि त्यो प्रभावकारी नदेखिएका कारण यस्तो व्यवस्था खारेज गरिएको उनले जानकारी दिए ।

दुई दिन बिदा दिने निर्णय सोमबार नै सर्वोच्च अदालतमा रिट दर्ता भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?