-सञ्जीवकुमार मिश्रा
बारा । कलैया उपमहानगरपालिकाका नवनिर्वाचित मेयर विनोद साहले नागरिकता नभएका ज्येष्ठ नागरिकलाई दुई हजार प्रतिमहिना भत्ता वितरण गर्ने बताउनुभएको छ । कलैयामा सामाजिक सुरक्षासम्बन्धी पुनर्ताजगी तालिमलाई सम्बोधन गर्दै मेयर साहले नागरिकता नभएका ज्येष्ठ नागरिकहरूलाई पनि बोर्ड बैठकबाट पारित गरी मासिक दुई हजार भत्ता उपलब्ध गराइने बताउनुभयो ।
सानैदेखि कलैया उपमहानगरपालिकामा बस्दै आएका, जसको कुनै सन्तान, खेतबारी केही छैन र कुनै कारणवश नागरिकतासमेत पाउन नसकेका ज्येष्ठ नागरिकहरूको पहिचान गरी कलैया उपमहानगरपालिका नगर कार्यपालिकाको बोर्ड बैठकबाट पारित गराई ती ज्येष्ठ नागरिकहरूका लागि मासिक दुई हजार भत्ता उपलब्ध गराइने उहाँले बताउनुभयो । कतिपय ज्येष्ठ नागरिकहरू नागरिकता नपाएर र उनीहरूको पालनपोषण गर्ने कुनै शाखासन्तान नभएका कारण उनीहरू भिख माग्न बाध्य भएको नगरप्रमुख साहले जानकारी दिनुभयो ।
‘म स्थानीय तहको निर्वाचन जितेर आएपछि कलैया उपमहानगरपालिकाका हरेक नागरिकको सुखदुःख र उनीहरूको पीडा बुझनु मेरो दायित्व हो,’ उहाँले भन्नुभयो, ‘हाम्रो पालिकामा रहेका हरेक जनतास“ग म एकदम नजिक छु । को कहाँबाट आएका छन्, को यहाँका बासिन्दा हुन् वा होइनन् त्यति पनि जान्न सकिनँ भने म नगरप्रमुख भएको के काम ? मैले नागरिकता नै नभएका र विदेशी नागरिकलाई भत्ता दिन भनेको होइन । जो सानैदेखि यहीँ बस्दै आएका छन् र केही कारणवश उनीहरूले नागरिकता पाउन सकेका छैनन्, त्यस्ता ज्येष्ठ नागरिकहरूले अहिले भिख माग्ने अवस्था आएको छ । त्यसैले त्यस्ता ज्येष्ठ नागरिकहरूको पहिचान गरी प्रतिमहिना दुई हजारका दरले मासिक भत्ता उपलब्ध गराउन पहल गर्ने उहाँले जानकारी दिनुभयो ।’
भत्ताका रूपमा उपमहानगरपालिकाबाट पाउने सहयोगले उनीहरूलाई केही हदसम्म भए पनि जीवन जिउन सहज हुने, भिख माग्नु नपर्ने र अति आवश्यक वस्तुको पूर्ति हुने उहाँले बताउनुभयो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका