वडाध्यक्ष कप फुटबल बिहीबारदेखि

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । चाबहिल स्पोर्ट्स क्लबको आयोजनामा प्रथम वडाध्यक्ष कप खुला भेट्रान फुटबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ । काठमाडौं महानगरपालिका वडा ७ को मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगितामा ४० वर्षमाथि उमेर समूहका १४ पुरुष टिमको सहभागिता रहने प्रतियोगिता संयोजक केशर गोर्खालीले जनाउनुभएको छ ।

विजेताले एक लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउने आयोजक क्लबका अध्यक्ष अजव श्रेष्ठले जानकारी गराउनुभयो । उत्कृष्ट खेलाडी, डिफेन्डर र गोलरक्षक तथा सर्वाधिक गोलकर्तालाई जनही पाँच हजार नगदबाट पुरस्कृत गरिनेछ । सिक्स ए साइड स्वरूपमा हुने नकआउट प्रतियोगिताका खेलहरू चाबहिलस्थित चन्द्रविनायक पार्कको मैदानमा हुनेछन् । फाइनल जेठ ३१ गते हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?