नाडाललाई फ्रेन्च ओपनको उपाधि

Read Time = 1 min

पेरिस । स्पेनिस टेनिस स्टार राफायल नाडालले फ्रेन्च ओपन टेनिसको उपाधि जित्नुभएको छ । पेरिसमा आइतबार भएको फाइनलमा कास्पर रुडलाई हराउँदै नाडालले उपाधि जित्नुभएको हो । क्ले कोर्टका राजा नाडालले आठौँ वरीयताका नर्वेजियन रुडलाई ६-३,६-३ र ६-० को सेटमा पराजित गर्नुभयो ।

यससँगै पाँचौँ वरीयताका नाडालले कीर्तिमानी १४औँ पटक फ्रेन्च ओपन जित्न सफल हुनुभएको छ । नाडाल १४ पटक फ्रेन्च ओपन जित्ने एक्लो खेलाडीसमेत हुनुहुन्छ । यस्तै ३६ वर्षीय नाडालको यो कीर्तिमानी २२औँ पटक ग्रान्डस्लाम टेनिसको उपाधि हो ।

महिलातर्फको उपाधि विश्व नम्बर एक इगा स्वेटेकले जित्नुभएको छ । फाइनलमा अमेरिकी खेलाडी कोको गाउफलाई हराउँदै पोल्यान्डकी इगाले उपाधि जित्नुभएको हो । इगाले दोस्रोपटक फ्रेन्च ओपन जित्नुभएको हो । यसअघि उहाँले २०२० मा पनि उपाधि उचाल्नुभएको थियो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?