मच्छिन्द्रका चार खेलाडी मनाङबाट खेल्दै

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लबका चार मुख्य खेलाडीले मनाङ मस्र्याङ्दी क्लबबाट चौथो स्थानीय तह शहीद स्मृति चौथो मकवानपुर गोल्डकप प्रतियोगिता खेल्ने भएका छन् ।

राष्ट्रिय टोलीका सदस्यसमेत रहनुभएका फरवार्ड विमल घर्ती मगर, मिडफिल्डर विशाल राई, विंगर सुजल श्रेष्ठ र गोलरक्षक विशाल श्रेष्ठले मनाङबाट मकवानपुर गोल्डकप खेल्न लाग्नुभएको हो । मच्छिन्द्रले उक्त गोल्डकपमा सहभागिता जनाएका कारण आफूहरूले प्रतिस्पर्धी क्लबबाट खेलेको खेलाडीहरूले बताएका छन् ।

विशाल, सुजल र गोलरक्षक विशाल दुई वर्षअघि मात्रै मनाङ छाड्दै मच्छिन्द्र क्लबमा अनुबन्ध हुनुभएको थियो । अघिल्लो वर्षदेखि विमल पनि मच्छिन्द्रमा अनुबन्ध हुनुभएको थियो । चारजनाले नै मच्छिन्द्रबाट ए डिभिजन लिगको उपाधि जित्नुभएको छ ।

मकवानपुर गोल्डकपमा मनाङले मंगलबार क्वाटरफाइनलमा नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ । राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँगको विवादपछि यी खेलाडीहरू राष्ट्रिय टोलीमा छैनन् । मकवानपुर गोल्डकपको विजेताले १५ लाख तथा उपविजेताले १० लाख प्राप्त गर्ने आयोजकले जनाएको छ ।

मकवानपुर गोल्डकपमा मनाङका तर्फबाट विशाल श्रेष्ठ (गोलरक्षक), पुजन होना (गोलरक्षक), अञ्जन विष्ट, कमल श्रेष्ठ, फ्लोरेन्ट कोरा, दिनेश राजवंशी, प्रवेश कुँवर, आदित्य चौधरी, एकराज बुढाथोकी, अमिर केसी, रूपेश केसी, नितिन थापा, विशाल राई, सुजल श्रेष्ठ, शिशिर लेखी, रञ्जन विष्ट, विमल घर्ती मगर र दिपक राईले खेल्दै हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?