सलमान खानलाई ज्यान मार्ने धम्की

Read Time = 2 mins

एजेन्सी । बलिउड अभिनेता सलमान खान र उहाँँका बुबा सलिम खानलाई ज्यान मार्ने धम्की आएको छ । भारतीय सञ्चारमाध्यम जिन्यूजका अनुसार आइतबार एक पत्रमार्फत उहाँँहरूलाई ज्यान मार्ने धम्की आएको हो ।

उहाँँहरूलाई ज्यान मार्ने धम्की आएपछि बान्द्रा पुुलिसले अज्ञात व्यक्तिविरुद्ध एफआइआर दर्ता गरेको छ । हाल पत्र राखिएको ठाउँबाट छानविन प्रक्रिया सुरु गरिएको छ । सलमानका बुबा सलिम खान हरेक बिहान मर्निङ वाक जाने गर्नुहुन्छ । उहाँ मर्निङ वाकबाट फर्किएपछि सधैं बान्द्राको व्यान्डस्ट्याण्ड प्रोमेनाडमा आराम गर्नुहुन्छ । त्यही ठाउँमा उक्त पत्र राखिएको थियो ।

उक्त पत्रमा ‘मुसेवालाको जस्तै हालत गरिदिन्छु’ लेखिएको थियो । सिद्धु मुसेवालाको केही दिनअगाडि गोली हानेर हत्या गरिएको थियो । उहाँ पञ्जावका गायक तथा नेता हुनुहुन्थ्यो । सलमान दुबईमा भएको आइफा अवार्ड समारोहबाट आइतबारमात्रै भारत फर्किनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?