‘वटसावित्री’को अवसरमा कविता वाचन

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । ‘वटसावित्री’ वर्तका अवसरमा विशेष भर्चुअल कविता वाचन कार्यक्रमको आयोजना गरिएको छ । अखिल भारतीय उत्तराखण्ड युवा प्रतिनिधि मञ्च एवं राष्ट्रिय सर्वभाषी ब्राहृमण संगठनद्वारा ‘माग मेरी रहे सिंदूरी’ विषयमा कविता वाचन तथा अन्तक्र्रिया आयोजना गरिएको हो । जसमा भारतका विभिन्न प्रान्तबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त महिलाहरूले वटअमावस्या व्रतको महिमा, पौराणिक कथा, पूजा विधि तथा पर्यावरण संरक्षण बारेमा मन्तव्य तथा काव्यिक रचना प्रस्तुत गरेका थिए ।

कार्यक्रममा मुख्य अतिथि पद्मश्री डा.माधुरी बडथ्वाल, देहरादुनबाट हुनुहुन्थ्यो । अध्यक्ष हरिश उपाध्यायले शंखध्वनि गर्दै र उपाध्यक्षा तनु खुल्बेबाट दीप प्रज्वलित गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रमको शुभारम्भ शिवानी अवस्थीले नागपुरबाट गणेश वन्दना गाउँदै शुभारम्भ गर्नुभएको थियो । यस्तै धारणा अवस्थीबाट पूरा कार्यक्रम अत्यन्त शालीन, सभ्य र भव्य प्रस्तुति सञ्चालनमा रहेको थियो । कार्यक्रमको अन्त्यमा संस्थाकी राष्ट्रिय उपाध्यक्षा तनु खुल्बेद्वारा उपस्थित सबैलाई सम्मान, हार्दिक आभार व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा अध्यक्ष उपाध्यायले आफ्नो धर्म संस्कृति रक्षाका लागि सबै जुट्नुपर्नेमा जोड दिनुभयो । नमिता सुयाल हल्द्वानी, उत्तराखण्डबाट वटसावित्री व्रतको पौराणिक तथा ज्योतिषीय पक्षको उजागर गर्नुभएको थियो ।

भावना बर्थवाल, दिल्लीबाट उत्तराखण्डमा वटसावित्री व्रत पूजा विधान, खान-पानको चर्चा र त्यहाँका विवाहित महिलाद्वारा शुभकार्यमा ओढिने पिछौराको महत्वका बारेमा प्रकाश पार्नुभएको थियो । यस्तै डा.आभा सिंह भैसोडा, हल्द्वानीले स्वरचित पंक्तिमा ‘विष्णुसँग लक्ष्मीको पूजा, सँग पूजे बरगदको दूजा..’ द्वारा वटवृक्ष औषधीय गुण भएको वृक्ष हो भन्दै पर्यावरणको रक्षा गर्ने बरको रूख हो र यसमा त्रिदेवको वास हुन्छ, यसकारण यो ऋषिद्वारा पूजिन्छ भन्नुभयो ।

पुनम मिश्रा ‘पूर्णिमा’ नागपुरले सत्यवान सावित्री बारे अति रोमाञ्चकपूर्ण ढंगले कथा सुनाउनुभएको थियो । यस्तै राधा विष्ट, लखनऊबाट वटसावित्री व्रतको अटल सौभाग्य दिने र अडिग विश्वासको प्रतीक भएको बारे चर्चा गर्नुभएको थियो ।

डा.कामायनी शर्माले कानपुरकोे अति सौन्दर्यपूर्ण भाषाशैलीमा विवाहपछि पहिलो वटसावित्री व्रतपूजाको संस्मरणले सबलाई रोमाञ्चित बनाएको थियो । डा. कविता परिहार, नागपुरबाट संस्थाका पदाधिकारीलाई धन्यवाद दिँदै वटवृक्ष अक्सिजनको भण्डार भएको जानकारी दिनुभयो ।

विद्या चौहान, हरियाणाले ‘तेरा पूजन करें सुहागन हे वट वृक्ष महान, तेरी शरण में जो भी आए दो उनको वरदान, हे वट वृक्ष महान’ स्वरचित कविता गीत वाचन गरेर आकर्षित गर्नुभएको थियो भने नागपुरबाटै रेखा तिवारीले ‘आई कर सोलह शृंगार, मैं तो बडको पूजू आज मंगल घडयिों में’ स्वरचित गीत सुनाउनुभयो ।

नेपालबाट बिमुन्स पौडेले वटसावित्री विशेष कविता ‘ज्येष्ठ कृष्णकी चतुर्दशी यह बहुत ही पावन होती, एक सुहागन दर्द मिटाने वृक्ष छाऊ तल रोती’ वाचन गर्नुभएको थियो । एवं वट सावित्रीको उपासना व्रत नेपालमा कसरी मनाइन्छ भन्ने बारे प्रकाश पार्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?