एभरेस्टले ऋणपत्र जारी गर्ने

Read Time = 1 min

काठमाडौं । एभरेस्ट बैंकले दुई अर्ब रुपैयाँ बराबरको ‘एभरेस्ट बैंक लिमिटेड ऊर्जा ऋणपत्र, २०८९’ जारी गर्ने भएको छ । बैंकले प्रतिकित्ता एक हजार दरले २० लाख युनिट ऋणपत्र जारी गर्ने भएको हो । जसमध्ये ४० प्रतिशत अर्थात् ८० करोड बराबरका आठ लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत एक अर्ब २० करोड बराबरका १२ लाख युनिट व्यक्तिगत तबरबाट बिक्री गरिने बैंकले जनाएको छ ।

१० वर्ष अवधिको ऋणपत्रमा वार्षिक ५.५० प्रतिशतका दरले व्याज त्रैमासिकरूपमा भुक्तानी हुने बताइएको छ । बैंकले ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केटसँग सम्झौता गरेको छ ।

सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र लक्ष्मी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटाले हस्ताक्षर गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?