काठमाडौंं । भुक्तानी सेवाप्रदायक इसेवामार्फत् अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी मेट लाइफको प्रिमियम भुक्तानी गर्दा एक हजार रुपैयाँसम्म क्यासब्याक पाइने भएको छ ।
इसेवामार्फत् जीवन बिमाको प्रिमियम भुक्तानी गर्दा ०.५ प्रतिशत अर्थात् अधिकतम एक हजारसम्म क्यासब्याक प्रदान गरिने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार उक्त क्यासब्याक ४८ घण्टाभित्र पाइनेछ । क्यासब्याक बिमा शुल्क भुक्तानी गर्ने मितिबाट सात दिनसम्म प्रिमियम भुक्तानी गर्दा पाइनेछ ।
यसरी भुक्तानी गर्दा इसेवाले हाल इन्स्योरेन्सको शुल्क भुक्तानीमा सुरु गरेको लखपति योजनामा पनि सहभागी हुन सकिनेछ भने हरेक दिन एकजनाले एक हजार र बम्पर उपहारमा एक लाख रुपैयाँ जित्न सकिनेछ ।
मेट लाइफका कुनै पनि शाखा काउन्टरबाट इसेवा तथा फोनपेको क्युआरमार्फत् पनि प्रिमियम भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ ।







सुदर्शन थापाको निर्देशनमा ‘शुभ विवाह’
‘ककाकिकी’ पार्श्व गायनमा अर्जुनको डेब्यु
‘ए मेरो हजुर-५’को शुभमुहूर्त, बडीमालिका
गान्तोकमा नेपथ्यको पहिलो सांगीतिक प्रस्तुति
‘लोकल हिरो’मा अरुण क्षेत्री
‘रोड टु एभरेस्ट’को ट्रेलर सार्वजनिक