सफा हिमाल अभियान २०२२ सम्पन्न

Read Time = 2 mins

काठमाडौं । नेपाली सेनाको नेतृत्वमा रोटरी क्लब अफ नागार्जुन तथा विभिन्न सरकारी दातृ निकायसँगको समन्वयमा सञ्चालित सफा हिमाल अभियानको तेस्रो संस्करण सफलतापूर्वक सम्पन्न भएको छ । विश्व वातावरण दिवसका अवसरमा कोकाकोला फाउन्डेसनले समापन समारोह आयोजना गरेको थियो ।

सो अवसरमा वातावरण विभागका महानिर्देशक गोपालप्रसाद अर्याललगायत विभिन्न सरोकारवाला संस्था, अभियान साझेदार र सरकारी अधिकारीहरूको उपस्थिति रहेको कम्पनीले जनाएको छ ।

सफा हिमाल अभियान २०२२ अन्तर्गत सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मनास्लु गरी चार हिमालबाट ३३ हजार आठ सय केजीभन्दा बढी फोहोर संकलन भएको छ । संकलित फोहोर प्रमाणीकरणपश्चात् वर्गीकरण, प्रशोधन र पुनः प्रयोगका लागि रिसाइकल पार्टनरलाई हस्तान्तरण गरिने कम्पनीले जनाएको छ ।

कोका-कोला फाउन्डेसनकी अध्यक्ष साडिया माड्सब्जगले भन्नुभयो, ‘माउन्टेन क्लिन-अप क्याम्पेनसँग फाउन्डेसनको साझेदारी भन्नु नै फोहोरमुक्त वातावरण निर्माणका लागि सम्बन्धित सबैलाई एक ठाउँमा ल्याउने हाम्रो दृढ प्रतिबद्धता हो ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?