डाबर वाटिका मिस नेपाल प्रतियोगी डाबर नर्सरीमा

Read Time = 3 mins

काठमाडौं । डाबर वाटिका मिस नेपाल २०२२ को प्रतिष्ठित उपाधिका लागि प्रतिस्पर्धा गर्ने अन्तिम २४ प्रतियोगी बनेपास्थित डाबर नेपाल नर्सरीमा पुगेका छन् । भ्रमणमा प्रतियोगीले विभिन्न वातावरणीय समस्या बुझ्नुका साथै समस्यालाई सम्बोधन गर्न डाबर नेपालको संरक्षण प्रयासबारे पनि बुझ्ने अवसर पाएको कम्पनीले जनाएको छ ।

डाबर वाटिका मिस नेपालका सहभागीले नर्सरीको विश्वस्तरीय हरितगृह सुविधाको पनि निरीक्षण गरे । आइतबार विश्व वातावरण दिवसका अवसरमा प्रतियोगीले डाबर नर्सरी परिसरमा वृक्षारोपण गरेका थिए ।

डाबर नेपालका मार्केटिङ प्रमुख अभय गोर्खालीले भन्नुुभयो, ‘प्रकृति र प्राकृतिक प्रजाति संरक्षणका लागि युवालाई परिचय गराउन पाएकोमा हामीलाई असाध्यै गर्व लागेको छ । डाबरले आयुर्वेदमा जरा गाडेको एक शताब्दीभन्दा बढी भइसकेको छ र यसको ज्ञानबाट विश्वभर जडीबुटी, स्वास्थ्य, सौन्दर्यको हेरचाह र आयुर्वेदिक उत्पादनको विस्तृत शृंखलाको उत्पादन र बजारीकरण गरेको छ । आजका युवा भोलिका कर्णधार हुन् । हामीलाई विश्वास छ प्रतियोगी यसप्रकारको एक्सपोजरबाट वातावरण र समाजमा सकारात्मकरूपमा योगदान गर्न सक्षम हुनेछन् ।’ सो अवसरमा डाबर नेपालका मेडिसिनल प्लान्टका प्रमुख अरविन्द राणा र द हिडन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारको पनि सहभागिता रहेको थियो ।

उत्कृष्ट प्राकृतिक कपाल हेरचाह समाधान उपलब्ध गराउने डाबरको निरन्तर प्रतिबद्धताको परिणामस्वरूप डाबरले हालै नेपालमा डाबर वाटिका नेचुरल्स स्याम्पु लन्च गरेको छ । डाबर वाटिका नेचुरल्स स्याम्पु यस वर्षको मिस नेपाल प्रतियोगिताको टाइटल स्पोन्सर रहेको छ । डाबर वाटिका मिस नेपाल २०२२ को ग्रान्ड फिनाले जुन १८ मा हुँदैछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?