सरकारले हेर्ने नजर कर्णालीमा उस्तै, प्रतिष्ठान र राजमार्ग प्राथमिकतामा परेनन्

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 3 mins

विजय रावत/हिटा
जुम्ला । साबिकका कर्णालीका पाँच जिल्लाका लागि अति महत्वपूर्ण मानिने कर्णाली राजमार्ग र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान हो । यही दुवै क्षेत्र बजेटमा समावेश हुन सकेनन् । आगामी आर्थिक वर्ष २०७९/०८० मा कर्णालीका लागि धेरै कार्यक्रम थपिए । यद्यपि, सुर्खेत-जुम्ला जोड्ने कर्णाली राजमार्ग भने प्राथमिकतामा परेको पाइएन । बजेटमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्राथमिकता पाएको छैन । बजेटले अपेक्षित सम्बोधन नगरेको भन्दै कर्णालीवासीले दुःखेसो पोखेका छन् ।

बजेटमा सुर्खेत मेडिकल कलेज र कर्णाली प्रादेशिक अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र चौरजहारी सामुदायिक अस्पतालसँगको सहकार्यमा विश्वविद्यालयअन्तर्गत मेडिकल कलेज सञ्चालन गर्न व्यवस्था मिलाइनेछ भन्नेबाहेक अरू सम्बोधन गरेको पाइँदैन ।

कर्णाली राजमार्ग एकलेनमै सीमित छ । भिरमा खोपेर बनाएको एकलेनको सडक, जहाँ गाडी ओहोरदोहोर गर्न निकै गाह्रो अवस्था छ । सरकारलाई राम्रोसँग थाहा हुँदा पनि यसको स्तरवृद्धिका विषयमा बजेटमा सम्बोधन नगरिएको यहाँका नागरिक समाजका अगुवाहरूको भनाइ छ ।

सुर्खेतदेखि जुम्लासम्म कर्णाली राजमार्ग २३२ किलोमिटर लामो छ । यो राजमार्गमा डेढ दशकमा सयौँ मानिसले ज्यान गुमाइसकेका छन् । पातारासी गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बोहोराले जीर्ण र साँघुरो सडकलाई दुई लेनमा विस्तार गर्न आवश्यक रहेको बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘सरकारले कर्णाली प्रदेशलाई उपेक्षित गर्ने काम गरेको छ ।

सडकको अवस्था सुधार्न बजेट छैन, सबैभन्दा ठूलो आयोजना धौलीगाड बृहत् खानेपानी बारेमा पनि बजेटमा केही उल्लेख छैन, लौठचौरमा निर्माणाधीन अवस्थामा रहेको कर्णाली हाइअल्टिच्युड ट्रेनिङ सेन्टर निर्माण योजनालाई पनि बेवास्ता गरिएको छ ।’ विश्वको उच्च भागमा धान फल्ने स्थानमा बन्न लागेको कर्णाली हाइअल्टिच्युड टे«निङ सेन्टर निर्माण सम्पन्न गर्न बजेटको व्यवस्था गर्न आवश्यक थियो, अध्यक्ष बोहोराले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?