काठमाडौं । स्टार खेलाडी नेयमारको निर्णायक गोलप्रेरित ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा एसियाली प्रतिस्पर्धी जापानलाई १-० ले पराजित गरेको छ ।
सोमबार टोक्योस्थित जापान नेसनल स्टेडियममा भएको खेलमा पाहुना टोली ब्राजिलको जितमा नेयमारले ७७औं मिनेटमा पेनाल्टीमा गोल गरे ।
यसै वर्ष कतारमा हुने विश्वकपअघि दुई देशले मैत्रीपूर्ण खेल खेलेका हुन् । यसअघि पहिलो मैत्रीपूर्ण खेलमा जापानले अर्को दक्षिण अमेरिकी प्रतिद्वन्दी पाराग्वेमाथि ४–१ को सहज जित निकालेको थियो ।
ब्राजिलले पनि पहिलो खेलमा एसियाली राष्ट्र दक्षिण कोरियालाई ५-१ ले पराजित गरेको थियो ।
जापानले हालसम्म ब्राजिललाई हराउन सकेको छैन । यी दुई टिमबीच भएको पछिल्लो १३ खेलमा ब्राजिलले ११ खेलमा जित निकाल्दा दुई खेल बराबरीमा सकिएको थियो । एजेन्सी
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका