नविना मृत्यु प्रकरण: छानबिन गर्न समिति गठन, सात दिन भित्र प्रतिवेदन पेस गर्न कार्यादेश

Read Time = 1 min

काठमाडौं । गृह मन्त्रालयले बर्दिया जिल्लाको मधुवन नगरपालिका–२ मा सोमबार नविना थारूको मृत्यु भएको घटनाबारे छानबिन गर्न पाँच सदस्यीय समिति बनाएको छ ।

मन्त्रीस्तरीय निर्णयबाट सहसचिव हरि घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो ।

सो समितिलाई काम सुरु गरेको मितिले सात दिनभित्र घटनाका सम्बन्धमा स्थलगत रूपमा छानबिन गरी प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

समितिमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उप–महानिर्देशक बेदकुमार ढकाल, नेपाल प्रहरीका उपरीक्षक कृष्ण कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक विकास पाण्डे र गृह मन्त्रालयका उपसचिव ध्रुव खड्का सदस्य हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?