संसदमा प्रेम सुवालले भन्नुभयो: शब्दकोषमा ‘राजनीति’ भनेको घुस र पक्षपात लेखौँ

Read Time = 1 min

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले राजनीति सेवा बन्‍न नसकेकोप्रति चिन्ता प्रकट गर्दै ब्यङ्ग्य गर्नुभएको छ। उहाँले ‘राजनीति’को अर्थ शब्दकोशमा ‘घुस र पक्षपात’ लेख्नुपर्ने बताउनु भयो ।

निर्वाचनमा पार्टीको निर्वाचन चिह्न नदिने अवस्थालाई पनि ‘प्रजातन्त्र’ भनिन्छ ? भन्दै परिभाषा गर्नुपर्ने बताउनु भयो ।

सुवाल आबद्ध पार्टीका उम्मेदवारहरूले ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा सिन्धुपाल्चोकमा निर्वाचन चिह्न ‘मादल’ पाएका थिएनन् । मादल नपाएपछि अदालतमै त्यससम्बन्धी मुद्दा परेको थियो ।

तर, निर्वाचन चिह्न मादल नेमकिपाको उम्मेदवारहरूले पाएनन् ।

सोही सवालमा बोल्दै सांसद सुवालले प्रजातन्त्र र राजनीति दुई शब्दको अर्थ र परिभाषा नै शब्दकोशमा परिवर्तन गर्नुपर्ने व्यङ्ग्यात्मक ढङ्‍गले सवाल उठाउनु भएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?