थाइल्याण्डसँग पराजित नेपालको विश्वकप सपना अधुरै

Read Time = 3 mins

काठमाडौं । आईसीसी यू–१९ महिला टी ट्वान्टी विश्वकप एसिया छनोटमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ ।

मलेसियाको युकेएम ओभलमा मंगलबार नेपाल थाइल्याण्डसँग ४९ रनले पराजित भएको हो । बलियो टोली थाइल्यान्डले दिएको ९० रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर ५ बलमा सबै विकेट गुमाउँदै ४० रनमा समेटिन पुग्यो ।

नेपालका लागि सृष्टि जैशीले अविजित ७ रन बनाईन्। साना प्रविनले ६, अनु कडायतले ५ रन जोडिन् । यस्तै कृतिका मरासिनीले ३, अन्जली विश्वकर्माले ३, रन्जु श्रेष्ठले १ र स्नेहाले १ रन जोडिन् । सानु राजवंशी र मनिषा राना सुन्य रनमा आउट हुँदा मनिषा कुमारी उपाध्याय ३ रनमा आउट हुनु पुगिन् ।

थाइल्याण्डका नन्थिता बोसुखामले ३ विकेट लिएकी थिइन् ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले २० ओभरमा ७ विकेट गुएर ८९ रन बनाएको थियो । थाइल्याण्डका लागि थिपत्चा पुत्थावोङले २० रन जोडिन । बान्थिदा लेप्हाथानाले १९ तथा सुवानन खिओतोले १६ रन बनाईन् ।

नेपालकी मनिषा कुमारी उपाध्याय र कृतिका मरासिनीले २/२ विकेट लिईन् । स्नेहा महराको नाममा एक विकेट रह्यो ।

नेपालको यो दोस्रो हार हो । नेपालले ४ खेलमा ४ अंक जोडेको छ । नेपाल तेस्रो स्थानमा रहेको छ ।

नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो। तर, दोस्रो खेलमा ८ रनमा अलआउट भएको नेपाल युएईसँग १० पराजित भएको छ ।

यस्तै तेस्रो खेलमा नेपालले भुटानलाई ४ विकेटले हराएको थियो ।

यता थाइल्याण्डको यो लगातार चौंथो जित हो । थाइल्याण्ड ४ खेलमा ८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

यस हारसँगै नेपालको विश्वकपमा छनोट हुने संम्भावना सकिएको नेपालले अब अन्तिम खेलमा बिहीबार मलेसियाविरुद्ध खेल्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?