लक्ष्मणलाल कर्णको कटाक्ष : ७७ जिल्लामै मन्त्री बनाऔँ, सांसद हटाऔँ

Read Time = 2 mins

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता लक्ष्मणलाल कर्णले ७७ जिल्लाबाटै १–१ जना मन्त्री बनाइयोस् भन्दै सरकारप्रति कटाक्ष गर्नुभएको छ ।

विकास बजेट मन्त्री, उपप्रधानमन्त्री र प्रधानमन्त्रीको जिल्लामा बढी विनियोजन भएकोप्रति रुष्ट उहाँले त्यसरी मन्त्री सबै जिल्लाबाट बनाउन संविधान संशोधन गर्नुपर्ने बताउनु भयो ।

‘म तेस्रो चोटी संसद्‍मा छु । विकास गर्नका लागि प्रधानमन्त्री हुनुपर्‍यो । उपप्रधानमन्त्री वा मन्त्री हुनुपर्‍यो । त्यो भएपछि मात्र आफ्नो क्षेत्रमा विकास हुन्छ’, उहाँले संसद् बैठकमा भन्नुभयो, ‘७७ जिल्लामा ७७ मन्त्री बनाइदिऔँ । संविधान संशोधन गरौँ । सांसदलाई हटाइदिऔँ । त्यसो भएपछि त मन्त्री हुँदा बजेट त जानेभयो’, कर्णले आक्रोशित हुँदै भन्नुभयो ।

उहाँले सांसदहरूलाई सरकारले कालीदास बनाउने प्रयास गरेको पनि आरोप लगाउनु भयो ।

बजेट बनाउनु पहिले सांसदहरूसँग छलफल नगर्ने अनि एकै बजेट प्रस्तुत भएपछि छलफल गर्नुपर्ने स्थितिप्रति सङ्केत गर्दै उहाँले त्यसो भन्नुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?