युवा संघद्वारा अनिवार्य इम्बोस्ड नम्बर प्लेटविरुद्ध प्रदर्शन, सेटिङमा खेलोमेलो भएकाे आरोप

Read Time = 2 mins

काठमाडौं । सरकारले सवारी साधनमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट नराखे कारवाही गर्ने चेतावनीविरुद्ध युवा संघ नेपालले प्रदर्शन गरेको छ ।

मंगलबार काठमाडौँको नयाँ बानेश्वरमा युवा संघका कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन् । सरकारले इम्बोस्ड नम्बरको अस्वाभाविक मूल्य र सरकारको रवैयाविरुद्ध प्रदर्शन गरेको युवा संघले जनाएको छ ।

प्रदर्शनमा कालो ब्यानरमा ‘राष्ट्रघाती गोठालाहो, इम्बोस्ड नम्बर घोटाला हो’, लिपी मास्न पाइदैन, इम्बोस्ड नम्बर चाहिँदैन’ लगायतका नारा जुलुस सहित युवा संघका कार्यकर्ता यातायात व्‍यवस्था कार्यालय अगाडि पुगेका थिए ।

यातायात व्यवस्था विभागले भने मंगलबार सूचना जारी गर्दै आगामी साउन १ देखि सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न नखोजिएको स्पष्टीकरण दिएको छ ।

युवा संघ नेपालले यातायात साधनको इम्बोस्ड नम्बर र महिलाले प्रयोग गर्ने स्यानिटरी प्याडमा प्रधानमन्त्रीको परिवारकै मिलेमतोमा नीतिगत भ्रष्टाचार भएको आरोप लगाएको छ ।

विरोध प्रदर्शनलाई सम्बाेधन गर्दै युवा संघका अध्यक्ष किरण पौडेलले प्रधानमन्त्री देउवा पत्नी आरजुका भाइ भूषण राणाको सेटिङमा यो खेलोमेलो भइरहेको आरोप लगाउनु भयाे ।

पाैडेलले  एक महिनाभित्र इम्बोस्ड नम्बर जडान गरे पनि नगरे पनि ९५ प्रतिशत भुक्तानी विदेशी कम्पनीलाई दिन लागिएको दाबी गर्नुभयाे । उक्त कम्पनीको नेपाली एजेन्ट नै भूषण राणा रहेको बताउँदै पौडेलले राणाको सेटिङमा यो खेलोमेलो भइरहेको आरोप लगाउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?