जुम्ला जिसस प्रमुखमा आचार्य उपप्रमुखमा थकाली निर्विरोध निर्वाचित

Read Time = 2 mins

-विजय रावत
जुम्ला । जिल्ला समन्वय समिति जुम्लाको प्रमुखमा काँग्रेसका गौरीनन्द आचार्य र समाजवादीका जनक थकाली निर्विरोध निर्वाचत हुनुभएको छ । काँग्रेस र समाजवादीबीच गठवन्धन भएपछि निर्विरोध निर्वाचित हुनु भएको हो । काँग्रेसले समाजवादीसँग उपप्रमुख र एक सदस्य दिएर सहमति गरी गठवन्धन गरेको थियो ।

काँग्रेसबाट जिल्ला समन्वय समितिको सदस्यमा गंगादेवि रोकाया, धनसुर बुढा, खिमालक्ष्मी काफ्ले, रचा रावत, लग्नमाया भण्डारी बुढा र नरविर सुनार निर्विरोध निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृतको कार्यालयका सहायक अधिकृत तोयानाथ उपाध्यायले जानकारी दिनुभयो ।

यस्तै समाजवादीबाट जिसस सदस्यमा पदमबहादुर रावत निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ ।

जिल्लाका एक नगरपालिका सहित सात गाउँपालिका गरि आठ वटा स्थानीय तहको प्रमुख उप्रमुख गरी १६ जनाले मतदान गर्न पाउने व्यवस्था छ । काँग्रेस ८, माओवादी ६, समाजवादी १ र स्वतन्त्र १ जनाको मतसंख्या रहेको थियोे । समाजवादीका थकाली गुठीचौर गाउँपालिका अध्यक्षमा काँग्रेसका दानबहादुर बुढासँग पराजय हुनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?