सोलुखुम्बु । नेपाली कांग्रेस सोलुखुम्बुका पूर्वउपसभापति कृष्णप्रसाद निरौला जिल्ला समन्वय समिति प्रमुखको निर्विरोध निर्वाचित बन्नुभएको छ ।
समन्वय समितिमा कांग्रेसको मात्र एकल मनोनयन दर्ता परेकाले नौ सदस्यीय समन्वय समितिमा अन्य पार्टीहरूबाट उम्मेदवारी नपरेपछि निरौलासहित अन्य आठजना निर्विरोध निर्वाचित हुनुभएको छ ।
६२ वर्षीय निरौला यसपटकको स्थानीय तह निर्वाचनमा थुलुङदूधकोशी गाउँपालिका वडा नम्बर–३ पञ्चनबाट खुलातर्फ वडा सदस्यमा निर्वाचित हुनुभएको थियो । उहाँ २०५४ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट पञ्चन गाविसको उपाध्यक्ष र त्यसअघि २०४३ मा गाउँ पञ्चायतको उपप्रधानमा निर्वाचित हुनुभएको थियो ।
त्यस्तै समन्वयको उपप्रमुखमा सोलुदुधकुण्ड–३ बाट वडा सदस्यमा निर्वाचित टीकामाया मगरको उम्मेदवारी परेको छ । सात सदस्यमा नारायणकुमार निरौला, धर्मध्वज बस्नेत, पेम्बा शेर्पा, सोमराज केसी, हीरामाया विक, सीतामाया बस्नेत र कमला नाछिरिङ निर्विरोध निर्वाचित हुनुभएको थियो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय सोलुखुम्बुले दाबी/विरोध र उजुरीको समय बाँकी भए पनि अरू दलबाट उम्मेदवारी नपरेकाले नेपाली कांग्रेस सोलुखुम्बुमा एकल समन्वय समिति बनेको छ ।
निर्विरोध निर्वाचित उम्मेदवारलाई जेठ २९ गते शपथग्रहण गराउने मुख्य निर्वाचन अधिकृत सन्तोष पराजुलीले जानकारी दिनुभएको छ ।
एक नगरपालिका र सातवटा गाउँपालिका रहेको सोलुखुम्बुमा नेपाली कांग्रसले नगरपालिका सहित चार पालिकामा जित हासिल गरेको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच