-संजीवकुमार मिश्रा
बारा । भारतको आदापुरमा जुत्ता खरीद गर्न गएका एक नेपाली युवकलाई भारतीय एसएसबीले नियन्त्रणमा लिएर मंगलवार निर्घात कुटपीट गरेका छन् ।
भाइको बिहेमा सरिक हुन जुत्ता खरीद गर्न हिडेका कलैया उपमहानगरपालिका वडा नम्बर १० मटिअर्वाका १६ वर्षिय सजिल मियालाई नियन्त्रणमा लिएर भारतीय एसएसवीले निर्घात कुटपीट गरेका हुन् ।
एसएसबीको कुटाईबाट घाईते भएका मियाको कलैया अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
भारतीय सिमा क्षेत्रमा तस्करसंग एसएसबीको विवाद भएको मटिअर्वाका स्थानीयहरुले बताएका छन् । तस्करीको मालसामान बरामद गर्ने क्रममा तस्करहरुले अवरोध पु-याएपछि एसएसबीले लाठी चार्ज गरेका थिए ।
लाठी चार्जको भिडियो मोबाईलबाट खिचेको आशंकामा एसएसबीले मियालाई नियन्त्रणमा लिएर कुटपीट गरेको प्रत्यक्षदर्शीले बताए ।
घटनापछि आक्रोशित युवाले मटिअर्वावासीले मटिअर्वा भन्सार नजिकैबाट भारतिय एसएसबी तथा बिहार पुलिस माथी केहीबेर ढुङ्गा मुढा गरेका थिए । सोही क्रममा बाराको महागढीमाई मन्दिरमा दर्शन गरेर फर्किदै गरेका एक भारतीय सुरक्षाअधिकारीको सरकारी गाडीमा आक्रोशित मटिअर्वावासीले तोडफोड गर्ने प्रयास गरेका थिए ।
घटनास्थलमा तत्कालै पुगेको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले भारतीय प्रहरीको गाडी तथा त्यसमा सवार भारतीय सुरक्षाअधिकारीको परिवारलाई जोगाएका थिए ।
बिहान करीब साढे ९ बजे देखि तनावग्रस्त बनेको जनजीवन सहमति पश्चात दिउँसो २ बजेपछि सामान्य बनेको बाराका प्रहरी उपरिक्षक दिलिप सिंह देउवाले बताउनुभयो ।
घाईते नेपाली युवकलाई भारतीय सुरक्षाअधिकारीले उपचारमा सहयोग गर्ने आश्वासन दिएपछि स्थिति सामान्य बनेको प्रउ देउवाले जानकारी दिनुभयो ।







देशभर मनसुन सक्रिय, केही प्रदेशमा
बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ
बाँकेमा साइबर अपराध : मुद्दा
यस्तो छ आजका लागि विदेशी
भोजपुरको डाँडागाउँमा ‘एक घर, एक