चितवन । भरतपुर महानगरपालिकामा अनलाइन भुक्तानी प्रणाली र डिजिटल बडापत्रको शुभारम्भ भएको छ । मंगलबार एक कार्यक्रमबीच महानगर प्रमुख रेनु दाहालले प्रणाली र बडापत्रको उद्घाटन गर्नुभएको हो । अनलाइन भुक्तानी प्रणाली सुरु गरेसँगै सम्पत्ति कर, नक्सापास, राजस्व, बहाल कर लगायतका महानगरमा भुक्तानी गर्ने सबै प्रकारका करहरू घरबाटैै तिर्न सकिने गरी अनलाइन भुक्तानी प्रणाली सुरु गरिएको हो ।
हरेक वडामा डिजिटल प्रविधिबाट काम गर्ने तयारीस्वरूप यो सेवा सुरु गरिएको महानगर प्रमुख रेनु दाहालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘डिजिटल महानगर बनाउने उद्देश्यका साथ काम भइरहेको छ ।’ पहिलो चरणमा महानगरबाट कागजरहित सेवा उपलब्ध गराउन यो प्रणालीको सुरुवात गरिएको उहाँले बताउनुभयो । स्मार्ट सिटीको अवधारणाअन्तर्गत महानगरको काम अघि बढेको उहाँले जानकारी दिनुभयो ।
महानगर उपप्रमुख चित्रसेन अधिकारीले अनलाइन प्रणालीमार्फत सेवा लिन सबैलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘अनलाइन प्रणाली सुरु भएसँगै भ्रष्टाचारसमेत कम हुनेछ ।’ जनताले सेवासुविधा चुस्त रूपमा पाउन सक्ने उहाँको भनाइ थियो ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले दर्ता चलानीलाई व्यवस्थित गर्न वैज्ञानिक प्रक्रियाबाट काम सुरु गरिएको बताउनुभयो । डिजिटल बडापत्रमा नागरिकले पाउने सूचनाहरू लिन सहज हुने उहाँले बताउनुभयो । रासस
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच