जिदानेको प्रतिमा कतारमा पुनस्र्थापना गरिँदै

Read Time = 1 min

दोहा । पूर्वफ्रान्सेली फुटबल स्ट्राइकर जिनेदिन जिदानेको प्रतिमा पुनः कतारमा स्थापना गरिने भएको छ । सन् २०१३ मा जिदानेको प्रतिमा स्थापना गरिए पनि त्यसविरुद्ध आवाज उठेपछि केही दिनपछि उक्त प्रतिमा हटाइएको थियो । तर, कतार संग्रहालयकी प्रमुखले उक्त प्रतिमा पुनस्र्थापना गरिने जनाउनुभयो ।

‘कूप डी टेटे’ नामाकरण गरिएको कास्यबाट बनाइएको उक्त पाँच मिटरको कास्यको प्रतिमालाई लिएर रूढिवादी मुस्लिम देशका केही मानिसहरूले मूर्ति पूजालाई बढावा दिएको र यसले हिंसालाई प्रोत्साहन गरेको भन्दै आलोचना गरेका थिए ।

कतार संग्राहलयकी शेखा अल-मायासा अल-थानीले उक्त प्रतिमा दोहाको नयाँ खेल संग्रहालयमा स्थापना गरिने बताउनुभयो । कतारले यसै वर्षको अन्त्यतिरबाट फिफा विश्वकप आयोजना गर्दैछ र त्यसअघि नै जिदानेको प्रतिमा पुनस्र्थापना गर्न लागेको हो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?