एमबाप्पे विश्वकै मूल्यवान खेलाडी

Read Time = 1 min

एजेन्सी/कायलियन एमबाप्पे, भिनिसियस जुनियर र अर्लिङ हालान्ड विश्वकै सबैभन्दा मूल्यवान खेलाडी बन्नुभएको छ । अनुसन्धान समूह सिआइइएस फुटबल अब्जर्भेटरीका अनुसार एमबाप्पे, जुनियर र हालान्ड विश्वकै सबैभन्दा मूल्यवान खेलाडी बन्नुभएको हो ।

एजेन्सीका अनुसार फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनका २३ वर्षीय खेलाडी एमबाप्पे सो सूचीको शीर्षस्थानमा रहनुभएको छ । उहाँको ट्रान्सफर भ्यालु १७५.७ मिलियन पाउन्ड रहेको छ ।

यता रियल म्याड्रिडका ब्राजिलियन विंगर जुनियरको भ्यालु १५८.३ मिलियन पाउन्ड तथा नर्वेका स्ट्राइकर तथा म्यानचेस्टर सिटीमा आबद्ध हुन लाग्नुभएका हालान्डको भ्यालु १३०.४ मिलियन पाउन्ड छ । शीर्ष १०० मध्ये ४१ खेलाडी इंग्लिस प्रिमियर लिग खेल्ने खेलाडी रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?