कामना सम्मिलित टोली सेमिफाइनलबाट बाहिरियो

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी सदस्य कामना विष्ट सम्मिलित माल्दिभ्स पुलिस क्लब माल्दिभ्स भलिबल एसोसिएसन कप २०२२ को सेमिफाइनलबाट बाहिरिएको छ । सोमबार राती सेमिफाइनलमा पुलिस क्लब वाम्कोसँग तीन-दुईको सेटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो । यसअघि टिम अपराजित रहँदै शीर्ष चारमा स्थान बनाएको थियो ।

माल्दिभ्स पुलिसले पहिलो सेट १५-२५ र दोस्रो सेट २१-२५ ले गुमाएको थियो । यसपछि पुनरागमन गर्दै तेस्रो सेट २५-२१ र चौथो सेट २५-२२ ले आफ्नो पक्षमा पार्दै सेट २-२ को बराबरीमा पार्‍यो । तर, निर्णायक सेट ५-१५ ले गुमाउँदा पहिलो हार बेहोर्दैै प्रतियोगिताबाट बाहिरियो ।

यस्तै, अर्को सेमिफाइनलमा क्लब इगलले विजयी हुँदै फाइनलमा स्थान बनाउन सफल भएको छ । प्रतियोगितामा नेपाली खेलाडी उषा भण्डारीसहित कामना माल्दिभ्स पुग्नुभएको थियो । उषा सम्मिलित दिवेही सिफाइन्ज क्लब भने समूह चरणबाट अगाडि बढ्न सकेन । दुवै खेलाडीले पहिलोपटक विदेशी लिगमा खेल्नुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?