थाइल्यान्डसँग पराजितसँगै नेपालको विश्वकप सपना सकियो

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । आइसिसी यु-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ । मलेसियाको युकेएम ओभलमा मंगलबार नेपाल थाइल्यान्डसँग ४९ रनले पराजित भएको हो । यससँगै नेपालको विश्वकपमा छनोट हुने सम्भावना सकिएको छ ।
अब नेपालले अन्तिम खेल बिहीबार मलेसियाविरुद्ध खेल्नेछ । छनोटको शीर्ष टोलीले दक्षिण अफ्रिकामा आयोजना हुने विश्वकपमा स्थान बनाउनेछन् ।

थाइल्यान्डले दिएको ९० रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर पाँच बलमा अलआउट हुँदै ४० रनमात्र बनाउन सक्यो । नेपालका लागि सृष्टि जैसीले अविजित सात रन बनाउनुभयो । साना प्रविनले ६, अनु कडायतले पाँच रन जोड्नुभयो । यस्तै कृतिका मरासिनीले तीन, अञ्जली विश्वकर्माले तीन, रञ्जु श्रेष्ठले एक र स्नेहाले एक रन जोड्नुभयो ।

सानु राजवंशी र मनिषा राना शून्य रनमा आउट हुनुभयो भने मनिषाकुमारी उपाध्याय तीन रनमा आउट हुनुभयो । थाइल्यान्डका नन्थिता बोसुखामले तीन विकेट लिनुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको थाइल्यान्डले २० ओभरमा सात विकेट गुमाएर ८९ रन बनाएको थियो । थाइल्यान्डका लागि थिपत्चा पुत्थावोङले २० रन जोड्नुभयो भने बान्थिदा लेप्हाथानाले १९ तथा सुवानन खिओतोले १६ रन बनाउनुभयो ।

नेपालकी मनिषाकुमारी उपाध्याय र कृतिका मरासिनीले दुई/दुई विकेट र स्नेहा महराले एक/एक विकेट लिनुभएको थियो ।

नेपालले चार खेलमा चार अंक जोडेको छ । नेपाल तेस्रो स्थानमा रहेको छ । नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो । तर, दोस्रो खेलमा आठ रनमा नै अलआउट भएको नेपाल युएईसँग १० विकेटले पराजित भएको थियो ।

यस्तै तेस्रो खेलमा नेपालले भुटानलाई चार विकेटले हराएको थियो । थाइल्यान्डको यो लगातार चौथो जित हो । थाइल्यान्ड चार खेलमा आठ अंक जोडेर शीर्षस्थानमा छ । ६ टोली सहभागी प्रतियोगिताको शीर्षस्थानमा रहने टोलीले आगामी वर्ष दक्षिण अफ्रिकामा पहिलोपटक हुने यु-१९ महिला टी-२० विश्वकप खेल्न पाउनेछ ।

नेपाली यु–१९ महिला टोलीमा कृतिका मरासिनी (कप्तान), स्नेहा महरा (उपकप्तान), सृष्टि जैसी, मनिषा उपाध्याय, मनिषा रानामगर, एलिसा यादव (विकेटकिपर), साना प्रविन, रञ्जु श्रेष्ठ (विकेटकिपर), आस्मा पुलामी मगर, सानु राजवंशी, किरण कुँवर, अञ्जली विक, अनु कडायत र सुस्मिता भुषाल रहनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?