दुई जलविद्युत्का लागि २६ अर्ब लगानी स्वीकृत

Read Time = 2 mins

काठमाडौं । लगानी बोर्डले दुईवटा जलविद्युत् परियोजना निर्माण तथा विकासका लागि झण्डै २६ अर्ब अर्थात् २५ अर्ब ९२ करोड बराबरको लगानी स्वीकृति गरेको छ । प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बोर्डको ५१औँ बैठकले दोलखा जिल्लास्थित ९९.८ मेगावाटको तामाकोशी पाँचौँका लागि १६ अर्ब ४५ करोड ९८ लाख तथा म्याग्दी जिल्लास्थित ४० मेगावाटको राहुघाट जलविद्युत् परियोजनाका लागि नौ अर्ब ४७ करोड ३० लाख रुपैयाँ स्वीकृति गरेको छ ।

त्यस्तै पश्चिम सेती र सेती नदी–६ संयुक्त जलविद्युत् परियोजना विकास तथा लगानीको खाका तयार गर्ने प्रयोजनका लागि गठन गरिएको अध्ययन समितिले पेश गरेको सिफारिससहितको प्रतिवेदन आवश्यकताअनुसार कार्यान्वयन गर्दै जाने निर्णय गरेको छ ।

एनएचपिसी लिमिटेड गभर्मेन्ट अफ इन्डिया इन्टरप्राइजेजले उक्त परियोजना वार्ताद्वारा कार्यान्वयनका लागि दिएको निवेदन सम्बन्धमा मन्त्रिपरिषद्समक्ष निर्णयका लागि सिफारिस गरेको छ । नौ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् परियोजनाको विकासकर्ता कम्पनी जिइमआर कर्णली हाइड्रोपावरले २४ महिनाभित्र वित्तीय व्यवस्थापन सम्पन्न गर्ने गरी शर्तसहित म्याद थप गर्न पनि बोर्ड बैंकठले सिफारिस गरेको छ । बैठकले भेकल म्यानुफ्याक्चरिङ एन्ड एसेम्बल प्लान परियोजनाका लागि प्रस्तावक मोटरेक्स कम्पनी लिमिटेडसँग वार्ता प्रक्रियालाई निरन्तरता दिने निर्णयसमेत गरेको बोर्डले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?