सुज प्यालेसमा जुत्ता मेला

Read Time = 3 mins

काठमाडौं । नेपाली ब्रान्डका जुत्ताचप्पल एउटै छातामुनि उपलब्ध गराउने काठमाडौंको बागबजारस्थित सञ्चालित ‘द सुज प्यालेस’ मा जुत्ता मेला सुरु भएको छ । मंगलबार बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले मेला उद्घाटन गर्दै नेपाल जुत्तामा आत्मनिर्भर रहेको भन्दै उद्योगलाई थप विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाली जुत्ता पनि विदेशीसँग प्रतिस्पर्धी छन् भनेर देखाउन मेलामा ९० प्रतिशत नेपाली र १० प्रतिशत विदेशी जुत्ता राख्दा नेपाली ब्रान्डको विश्वसनीयता पनि बढाउने उहाँको भनाइ छ ।

स्मार्ट सुज, केटिएम सुज, भेनस सुज र सम्राज सुज उपलब्ध रहेको द सुज प्यालेसमा वर्षैभरि जुत्ता मेला सञ्चालनको उद्देश्य राखिएको मेलाका संयोजक प्रमोद महतोले जानकारी दिनुभयो । १२ महिनामा १२ अफरसहित मेला गर्न सकिने भएकाले सोरुममै मेला आयोजना गरिएको उहाँको भनाइ छ ।

सोरुममा मूल्य र गुणस्तर तुलना गरेर नेपाली उत्पादन प्रतिस्पर्धी छ भनेर देखाउन १० प्रतिशत विदेशी ब्रान्डका जुत्ता पनि राखिएको संयोजक महतोले बताउनुभयो । नेपाल फुटवेयर म्यानुफ्याक्चर एसोसिएसनका महासचिव ज्ञानेन्द्र घिमिरेले भृकुटीमण्डमा नेपाली जुत्ता मेलाको नाममा गुणस्तरहीन जुत्ता बिक्री भइरहेको बताउनुभयो । नेपालमा कम्पनी दर्तामात्रै गर्ने र विदेशबाट जुत्ता आयात गरेर बिक्री गर्दै ग्राहकलाई भ्रममा राख्ने भएको उहाँको भनाइ छ ।

एसोसिएसनका अध्यक्ष नानीराज घिमिरले नेपाली बजारमा १५ करोड जोर जुत्ता उत्पादन क्षमता रहेको र माग भने वार्षिक १० करोड जोरमात्रै रहेकाले जुत्तामा नेपाल आत्मनिर्भरोन्मुख रहेको बताउनुभयो । हाल नेपालमा सानाठूला गरी १५ सयभन्दा बढी उद्योगबाट वार्षिक १५ करोड जोर जुत्ता उत्पादन क्षमता रहेको पनि उहाँले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?