एनएमबीको वृक्षारोपण

Read Time = 1 min

काठमाडौं । एनएमबी बैंकले एनएमबी ग्रिन फिक्सड डिपोजिट अभियानको प्रतिफलस्वरूप वातावरण दिवसको अवसर पारेर श्यामेश्वर गणेशमान स्मृति सामुदायिक वन, नागार्जुनमा विभिन्न प्रकारका फलफूलका बिरुवा रोपेको छ ।

एनएमबीमा ग्रिन फिक्सड डिपोजिट भएका ग्राहकका नाममा विभिन्न प्रजातिका एक सय २५ बिरुवा रोपिएको बैंकले जनाएको छ । उक्त कार्यक्रममा सामुदायिक वनका अध्यक्ष अर्जुनराज पुरी, सहायक वन अधिकृत सरस्वती अर्याल, बैंकका कर्मचारीलगायत सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको बैंकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?