कोभिड बढेपछि संघाई फिल्म फेस्टिभल स्थगित

Read Time = 2 mins

बेइजिङ । कोरोनाको संक्रमणमा वृद्धि भएपछि ‘संघाई फिल्म फेस्टिभल’ स्थगित भएको छ । चीनको प्रतिष्ठित फिल्म फेस्टिभल ‘संघाई फिल्म फेस्टिभल’ जुन महिनाको मध्यमा हुने गर्दथ्यो ।

महोत्सव अब आगामी वर्ष अर्थात् सन् २०२३ मा हुनेछ । आयोजकले फेस्टिभललाई आगामी वर्षसम्मका लागि स्थगित गरेको जानकारी दिएका छन् । आयोजकले फेस्टिभल स्थगित गर्नुपरेको क्षमा मागेको छ ।

‘यदि कोरोनाबाट केही राहत मिल्यो र सर्तअनुसार सञ्चालनका लागि अनुमति मिल्यो भने दोस्रो ६ महिनामा प्रासंगिक फिल्म समारोह र थिम वाला कार्यक्रमको योजना बनाइनेछ । त्यसैअनुसार फेस्टिभलको आयोजना गरिनेछ’, आयोजकले विज्ञप्तिमार्फत भनेको छ ।

जनवरी २०२० को अन्त्यदेखि जुलाई २०२१ सम्म चीनमा कोरोना महामारीको दर उच्च थियो । यही बेला लकडाउन लागू गर्दै सबै फिल्म हल बन्द गरिएका थिए । कोरोना संक्रमण विस्तारै घटदै गएपछि सबै खुला गरिएको थियो ।

तर, कोरोनाका डेल्टा भेरियन्ट आएपछि पुनः चीनमा लकडाउनको अवस्था आयो । यद्यपि १ जून २०२२ मा संघाई पुनः खोल्न अनुमति दिए पनि अहिले बढ्दो संक्रमणलाई ध्यानमा राख्दै नयाँ नियम लागू गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?