मेरो भ्वाइस कप युएसएका प्रतिस्पर्धिलाई स्वागत

Read Time = 3 mins

काठमाडौं । इन्ट्रा नेशनल वेल फेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिका (इन्ट्रा फाउण्डेशन)ले अमेरिकामा आयोजना गरेको ‘मेरो भ्वाइस कप युएसए र मेरो डान्स कप युएसए-सिजन २)को उत्कृष्ट १२ मा पर्न सफल प्रतिस्पर्धीलाई त्रिभुवन विमानस्थलमा स्वागत गरिएको छ ।

इन्ट्रा फाउण्डेशन, नेपाल च्याप्टरको आयोजनामा अमेरिकाबाट आउनु भएका २४ जना प्रतिस्पर्धीसहित ४२ जना व्यक्तिहरूलाई मंगलबार विमानस्थलमा स्वागत गरिएको हो । पञ्चेबाजासहित उहाँहरूलाई स्वागत गरिएको थियो । स्वागत पश्चात त्रिभुवन विमानस्थलबाट दुई दर्जन बढी मोटरसाइकल ¥यालीसहित २४ प्रतिस्पर्धीलाई आयोजकले ठमेलको मुलबरी होटलमा पुर्‍याइएको थियो ।

होटलमा आयोजित पत्रकार सम्मेलनमा दुईवटा रियालिटी शोको विषयमा जानकारी दिइयो । ग्यालेक्सी फोर के टेलिभिजनबाट हरेक शुक्रबार र शनिबार प्रशारण भइरहेको यो शोको बाँकी १० भागको छायांकन नेपालमै हुनेछ । कार्यक्रमको फाइनल भने अमेरिकामै हुने आयोजकले जनाएको छ ।

अमेरिका र क्यानडामा रहेका नेपाली भाषीहरूले भाग लिएको प्रतिस्पर्धाअन्तर्गत ‘मेरो भ्वाइस कप–२’को उत्कृष्ट १२ मा शीत्तल शर्मा, मुना लकान्ड्री, बाबु खालिङ, करण तामाङ, प्रेम अङदेम्बे, मेघा पौडेल, अजित सुब्बा, सम्राट गुरुङ, सागर सुवेदी र लिला गजमेर, संगीता बोगटी छन् । यस्तै, ‘मेरो डान्स कप’ को उत्कृष्ट १२ मा सुमन लामिछाने, सिवानी ढकाल, विशाल उप्रेती, रेजिना सुब्बा, रेनुका राई, सव्य विष्ट, सुमिका तामाङ, आयुषा समाललगायत हुनुहुन्छ । यी दुवै कार्यक्रमको निर्देशक एलिन श्रेष्ठ हुनुहुन्छ ।

‘मेरो भ्वाइस कप युएसए’को निर्णायकमा दीपक जंगम, सुरेश अधिकारी, शिव परियार, पुष्पन प्रधान, सुजाता वर्मा र अर्जुन रसाइली हुनुहुन्छ । ‘मेरो डान्स कप, युएसए’को निर्णायकमा मिथिला शर्मा, दिलिप रायमाझी, केकी अधिकारी, शंकर विसी, सञ्चिता लुइँटेल र नरमान राई रहनुभएको छ । दुवै कार्यक्रमको सञ्चालन नायिका रीमा विश्वकर्मा र राजेश घतानीले गर्नुहुनेछ ।

कार्यक्रममा फाउण्डेशनका नेपाल च्याप्टर अध्यक्ष दिलिप रायमाझीले अमेरिकाबाट आएका प्रतिस्पर्धीहरूलाई स्वागत गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?