काठमाडौं । कथाकार दिनेश बस्नेतको बालकथासंग्रह ‘देश सम्झिएर’ पोखराबाट सार्वजनिक गरिएको छ । विमोचन कार्यक्रम शृंखला क्लब र हरिहर-भक्ति आमा समूहले आयोजना गरेको थियो ।
स्थानीय जनप्रतिनिधि गंगाबहादुर केसीले कृति विमोचन गर्दै कलाकार र साहित्यकार राष्ट्रका गहना भएको बताउनुभयो । उहाले सर्जकहरूको सिर्जनात्मक क्षमताको सम्मान गरिनुपर्नेमा जोड दिनुभयो ।
कोपिला किताबले प्रकाशन गरेको कृतिमाथि कृष्णप्रसाद बस्ताकोटीले समीक्षात्मक टिप्पणी गर्दै समसामयिक कथाहरू रहेको बताउनुभयो । कार्यक्रममा शृंखला क्लबका अध्यक्ष जीवन अधिकारी, अर्जुनबहादुर क्षेत्री, कथाकार दिनेश बस्नेतलगायत व्यक्तिले बोल्नुभएको थियो ।







ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र
काठमाडौंमा ठूलो परिमाणमा नक्कली दूध