काठमाडौंसहित देशका अधिकाँश स्थानमा वर्षाको सम्भावना

हिमालय टाइम्स
Read Time = 2 mins
A A- A+

काठमाडौं। आज (बुधबार) काठमाडौं उपत्यकासहित देशका अधिकाँश स्थानमा बर्षा हुने संभावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशका विभिन्न स्थानमा बिहानैदेखि पानी परिरहेको छ। वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली हुँदा काठमाडौंसहित केही स्थानमा पानी परिरहेको हो।

काठमाडौंमा आज दिनभर जसो वर्षाको सम्भावना उच्च रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार केही समय पानी पर्ने र रोकिन छ।

दिउँसो प्रदेश १, बागमती र गण्डकीका केही स्थान तथा मधेशका थोरै स्थानसँगै कर्णाली र लुम्बिनीका एक वा दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति प्रदेश १, बागमती र गण्डकीका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ ।

बिहीबार प्रदेश १, मधेश, बागमती, गण्डकीका केही स्थान तथा कर्णाली र लुम्बिनीका एक वा दुई स्थानमा वर्षाको सम्भावना रहेको छ ।

नेपालमा मनसुनी प्रणालीसहित तीन वटा वायुको असर देखिएको छ । महाशाखाका अनुसार पूर्वी भूभागमा मनसुनी वायु र मध्य तथा पश्चिमी भूभागमा स्थानीय वायु असर छ भने भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको प्रभाव पनि नेपालमा छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?