भारतीय एसएसबीद्वारा नेपाली युवक कुटिए

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

-संजीवकुमार मिश्रा

बारा । भारतको आदापुरमा जुत्ता खरीद गर्न गएका एक नेपाली युवकलाई भारतीय एसएसबीले नियन्त्रणमा लिएर मंगलवार निर्घात कुटपिट गरेका छन ।

भाईको बिहेमा सरिक हुन जुत्ता खरीद गर्न जानुभएका कलैया उपमहानगरपालिका– १० मटिअर्वाका १६ वर्षीय सजिल मियाँलाई नियन्त्रणमा लिएर भारतीय एसएसवीले निर्घात कुटपिट गरेका हुन ।

एसएसबीको कुटाईबाट घाईते हुनुभएका मियाँको कलैया अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

भारतीय सिमा क्षेत्रमा तस्करसँग एसएसबीको विवाद भएको मटिअर्वाका स्थानीयहरूले बताएका छन् । तस्करीको मालसामान बरामद गर्ने क्रममा तस्करहरूले अवरोध पुर्याएपछि एसएसबीले लाठी चार्ज गरेका थिए ।

एसएसबीले लाठी चार्ज गरिरहेको बेला घटनास्थलमा पुग्नुभएका मियाले आफ्नो मोबाईल खल्ती बाहिर निकाल्नु भएको थियो । लाठी चार्जको भिडियो मोबाईलबाट खिचेको आशंकामा एसएसबीले मियाँलाई नियन्त्रणमा लिएर कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

घटनापछि आक्रोशित मटिअर्वावासीले मटिअर्वा भन्सार नजिकैबाट भारतीय एसएसबी तथा बिहार पुलिसमाथि केहीबेर ढुंगामुढा गरेका थिए । सोही क्रममा बाराको महागढीमाई मन्दिरमा दर्शन गरेर फर्किदै गरेका एक भारतिीय सुरक्षाअधिकारीको सरकारी गाडीमा आक्रोशित मटिअर्वावासीले तोडफोड गर्ने प्रयास गरेका थिए ।

घटनास्थलमा तत्कालै पुगेको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले भारतिय प्रहरीको गाडी तथा त्यसमा सवार भारतीय सुरक्षाअधिकारीको परिवारलाई जोगाएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
परराष्ट्रमन्त्री खनाल र चिनियाँ समकक्षी वाङबीच वार्तामा के भयाे छलफल ? चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रालयगत बजेटमाथि छलफल जारी रहने फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे सालाहको रणनीति सफल, तर लुकाकुले खोसे इजिप्टको ऐतिहासिक जित तीन प्रणालीकाे प्रभाव, यी स्थानमा चट्याङ्ग सहित वर्षाकाे सम्भावना यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर नवप्रवेशी केप भर्डेसँग गोलरहित बराबरीमा राेकियाे स्पेन ‘काम छैन त दाम छैन’ कानुन नै आवश्यक प्रादेशिक विकास र पूर्वाधारलाई जोड दिँदै प्रदेशहरूको बजेट सार्वजनिक