संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । संघीय संसदअन्तर्गत बुधबार पनि दुवै सदनको बैठक बस्दैछ ।

प्रतिनिधि सभाको बैठक बिहान ११ बजे सुरु हुनेछ भने राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे सुरु हुने संसद सचिवालयले जनाएको छ ।

प्रतिनिधि सभाको बैठकमा सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को बजेटबारे मन्त्रालयगत छलफल हुनेछ । त्यस्तै, राष्ट्रिय सभाको बैठकमा विभिन्न समसामयिक विषयमा छलफल हुनेछ ।

बैठकमा विभिन्न चार वटा मन्त्रालयका बजेट शीर्षकमाथि छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। आज कृषि तथा पशुपन्छी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, संघीय मामिला तथा सामान्य प्रशासन र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत विनियोजन विधेयकका शीर्षकमाथि छलफल हुने छ।

प्रतिनिधि सभामा केहीदिनदेखि बजेटमाथिको मन्त्रालयगत छलफल जारी छ। हिजो श्रम, रोजगार तथा सामाजिक सुरक्षा, वन तथा वातावरण, सँस्कृति पर्यटन तथा नागरिक उड्डयन र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत विनियोजन विधेयकका शीर्षकमाथि छलफल भएको थियो। त्यस्तै कानुन न्याय तथा संसदीय मामिला, युवा तथा खेलकुद, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका विनियोजन शीर्षकमा पनि छलफल भइसकेको छ।

मन्त्रालयगत छलफल सकिएपछि सम्बन्धित मन्त्रीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनेछन्। त्यसपछि बजेट पारितको प्रक्रिया अघि बढ्नेछ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?