संसदमा मागियो गृहमन्त्री खाँणको राजीनामा

Read Time = 2 mins

काठमाडौं । देशमा शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा मागिएको छ ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसद आशाकुमारी विकले देशभर बलात्कारका घटना र थुनामा रहेका कैदीको रहस्यमय मृत्यु भएका घटनाले शान्ति सुरक्षा कायम हुन नसकेको स्पष्ट भएको बताउनु भयो ।

‘बलात्कार र हिंसाका घटना टुलुटुल्ती हेरेर बस्ने गृहमन्त्रीले अब राजीनामा दिनुपर्छ,’ उहाँले भन्नुभयो, ‘बालिका र किशोरी बलात्कृत भइरहेका छन् ।

रोल्पा कारागारमा सुन्दर हरिजनको मृत्यु भयो । यसरी अशान्ति टुलुटुली हेरेर बस्ने गृहमन्त्रीले अब नैतिकताको आधारमा राजीनामा दिनुपर्छ ।’

यसैगरी एमाले सांसद खगराज अधिकारीले देशकै ठूलो त्रिभुवन विश्वविद्यालयमा लामो समयसम्म तालाबन्दी हुनुमा गृहमन्त्री बालकृष्ण खाँण दोषी भएको आरोप लगाउनु भएको छ ।

प्रतिनिधिसभामा शून्य समयमा बोल्दै उहाँले गृहमन्त्री खाँणको ठाडो निर्देशनमा त्रिविमा तालाबन्दी गरिएको आरोप लगाउनु भयाे। आफैं तालाबन्दी गर्न लगाउने अनि सुशासनको कुरा गर्न सुहाउँदै भन्दै उहाँले आपत्ति जनाउनु भयो ।

त्रिविमा नेविसंघले तालाबन्दी गर्दा दैनिक प्रशासनिक काममा समस्या हुँदै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?