भोजपुरको स्थानीय टुँडिखेलमा अकस्मात आगलागी भएपछि….

Read Time = 2 mins

भोजपुर । भोजपुर सदरमुकामा रहेको स्थानीय टुँडिखेलमा बुधबार बिहान अकस्मात आगलागी भएपछि सुरक्षाकर्मीले उद्धार गरेका छन् । आगलागीका परेकाहरुलाई सरोकारवाला निकायहरुले राहत सामाग्री समेत बितरण गरेका थिए ।

तर, यो वास्तविक घटना भने थिएन ।

दैवी प्रकोपका घटनाहरुमा बच्ने उपाय, उद्धार, राहत र प्राथमिक उपचारका बिषयमा जनचेतना फैलाउने उद्धेश्यले जिल्ला दैपी प्रकोप उद्धार समितिको निर्णय अनुसार गरिएको नमुना अभ्यास गरिएको हो । सो क्रममा पीडितलाई तत्काल गरिने उद्धार र राहत बितरणको अध्यास समेत गराईएको थियो । बर्सेनी बाढीपहिरो, चट्याङ, आगलागी, दुर्घटना र महामारी लगायतका विपत्ती तथा प्रकोपले पु¥याउने जनधनको क्षति न्यूनीकरण गर्न उद्धार टोलीले गर्नु पर्ने कार्य र तयारी बारे प्रदर्शनी गरिएको भोजपुरका प्रमुख जिल्ला अधिकारी बासु प्रसाद कोइरालाले बताउनुभयो ।

अभ्यासमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले पहिरोबाट प्रभावितको उद्धार सम्बन्धी अभ्यास गरेका थिए । आगलागी, बाढी पहिरो लगायतका बिपत्तका समयमा अपनाउनु पर्ने सजगता र विपत्ति आउँदा उद्धार, प्राथमिक उपचार र अस्पतालसम्म पुर्याउने विधि बारेमा गरिएको नमुना अभ्यास प्रभावकारी हुने भोजपुर नगरपालिकाका प्रमुख कैलाश कुमार आलेले बताउनुभयो ।

भोजपुरको स्थानीय टुडिँखेलमा कृत्रिम पहिरो र आगालागी हुन सक्ने बस्ती बनाएर स्थानीय, विद्यालयमा अध्ययनरत बिद्यार्थी, रेडक्रस, सामाजिक संघसंस्थाका प्रतिनिधी लगायतको सहभागितामा अभ्यास गरिएको हो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?