जबराविरुद्ध लगाइएको महाअभियोग पेन्डिङ गरेर बस्न मिल्दैन : पद्मा अर्याल

Read Time = 3 mins

काठमाडौं । नेकपा (एमाले) की सांसद पद्मा अर्यालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध लगाइएको महाअभियोग टुंगोमा पुर्याउनुपर्ने बताउनुभएको छ ।

बुधबार प्रतिनिधिसभा बैठकमा सहभागि हुन नयाँ बानेश्वरस्थित संसद भवनमा पुग्नुभएकी सांसद अर्यालले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै प्रधानन्यायाधीश जबराको विरुद्धमा लगाइएको महाअभियोग प्रस्तावलाई टुंगोमा पुर्याइनुपर्ने बताउनुभएको हो । संसदमा महाअभियोग प्रस्ताव दर्ता भइसकेपछि छलफल नगरीकन राखिरहनु नहुने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘वास्तवमा महाअभियोग लगाइसकेपछि कानूनतः, संविधानतः जे व्यवस्था छ । त्यसलाई त पूरा गर्नुप¥यो नि प्रक्रिया । त्यसैले संसदबाट ल्याएर छलफल गरेर जे टुंगो गर्ने हो, गर्नुपर्छ । त्यतिखेर एउटा उद्देश्य पूर्तिको निम्ति महाअभियोग लगाउने । मान्छेको जिवनमा चार्ज लगाएर सार्वभौमसत्ता सम्पन्न संसदमा ल्याएर छलफल नगरीकन त्यत्तिकै पेन्डिङ गरेर बसिरहने कुरा हुन्छ र ? त्यसैले कि दर्ता गर्नु हुन्थेन । हामी नेकपा(एमाले) ले त त्यतिबेलै भनेका थियौँ । यो महाअभियोग पास गर्नका निम्ति ल्याइएको होइन । निश्चित उद्देश्य पुरा गर्नको निम्ति ल्याएको हो भनेर जे भनेका थियौँ त्यो कुरा आज पुष्टि भएको छ । त्यसैले फेरिपनि हाम्रो कुरा के छ भने कि लगाउनु हुन्थेन । लगाइसकेपछि संसदमा ल्याएर, छलफल चलाएर , जे टुंगो गर्ने हो टुंगो गर्नुपर्छ भन्ने हो हाम्रो कुरा । यो कानूनसम्मत् कुरा हो ।’

सांसद अर्यालले प्रधानन्यायाधीशविरुद्धको महाअभियोग निश्चित उद्देश्य पूरा गर्नका निम्ति ल्याइएको बताउनुभयो । उहाँले महाअभियोग लगाइसकेपछि कानूनसम्मत् रुपमा अगाडि बढ्नुपर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?