अतिवादी समूह अल कायदाले दियो भारतमा हमलाको धम्की

Read Time = 2 mins

नयाँ दिल्ली । अतिवादी समूह अल-कायदा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का सदस्यहरूले गरेको विवादास्पद टिप्पणीका कारण भारतका गुजरात, उत्तर प्रदेश, मुम्बई र दिल्लीमा आतंककारी हमला गर्ने धम्की दिएको छ ।

पैगम्बरको अपमान गरेको भन्दै भारतीय उपमहाद्वीपमा अल–कायदा (एक्यूआइएस) समूहले यस्तो धम्की दिएको हो ।

६ जुनमा लेखिएको पत्रमा एक्यूआइएसले ‘पैगम्बरको सम्मानको लागि लड्न’ आत्मघाती हमला गर्ने जनाएको छ । ‘अपमानको प्रतिक्रियास्वरूप विश्वभरका मुस्लिमहरूको हृदयको रगत बगेको र बदला तथा प्रतिशोधको भावना भरिएको उल्लेख छ ।

१० दिनअघि भारतको समाचार च्यानल टाइम्स नाउ १ मा भएको एउटा टेलिभिजन बहसमा भाजपा प्रवक्ता नुपुर शर्माले पैगम्बर मोहम्मद बारेमा अपमानजनक टिप्पणी गर्नुभएको थियो । बहसमा उहाँले मुस्लिम प्रतिद्वन्द्वीलाई मजाक गरेको उनीहरुको आरोप छ ।

उक्त टिप्पणीलाई लिएर आक्रोश बढिरहेका बेला भाजपाका अर्का नेता नविन कुमार जिन्दलले पैगम्बरबारे विवादास्पद ट्वीट गर्नुभएको थियो । विरोधपछि उक्त ट्वीट उहाँले हटाउनु भएको छ ।

सोही विषयलाई लिएर प्रवक्ता शर्मालाई निलम्बन गरेको छ भने जिन्दललाई पार्टीबाट निस्काशन गरेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?