काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्णले पार्टी सरकारमा जाने सम्बन्धमा प्रधानमन्त्रीसँग कुरा नभएको बताउनुभएको छ ।
बुधबार प्रतिनिधि सभा बैठकमा सहभागि भएर बाहिरिने क्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ सांसद कर्णले लोकतान्त्रिक समाजवादी पार्टीले सरकारमा जाने सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवासँग कुरा नगरेको बताउनुभएको हो ।
उहाँले प्रधानमन्त्री देउवाले पनि आफुहरुलाई मन्त्री हुन आउ नभएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘हामीले प्रधानमन्त्रीसँग कुरै नगरेको । प्रधानमन्त्रीले हामीलाई मन्त्रीमा आउ भन्दै नभनेको कुरो तपाईहरु बिस्तृत रुपमा प्रचार गरिराख्नु भएको छ ।’
सांसद कर्णले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बाटो-बाटोबाट लोकतान्त्रिक समाजवादी पार्टीलाई एकीरणका लागि आव्हान गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । अध्यक्ष यादवले विगतमा आफुहरुलाई पार्टीबाट निकालेको र पार्टी फोड्नका लागि निर्वाचन आयोगमा निवेदन दिएको भन्दै उहाँले अहिले संकटमा परेकाले सहयोग खोजेको बताउनुभयो ।
अध्यक्ष यादवको संकट निवारण भएपछि लखेट्ने प्रवृत्ति रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘बाटोमा उहाँ बोलिराख्नु भएको छ । हामीसँग कुनै कुरा गर्नुभएको छैन । हामी उहाँको पार्टी फुटिराख्दाखेरी एकीकरण गरेर जोगाएको होइन ? त्यसमा म समेत महन्थ ठाकुरलाई उहाँले निकाल्दिएको होइन ? पार्टी फोड्नलाई आधिकारिकताको निवेदन दिएको होइन ? अनि के को मेल ? आज फेरि पार्टीमा संकट उत्पन्न भएको छ उहाँको । संकट उत्पन्न भयो भने हाम्रो सहयोग खोज्ने । र संकट निवारण भएपछि लखेट्दिने । अनि अहिले आएर फेरि बाटो बाटोमा कुरा सुनिराखेको छु एकीकरणको । के को लागि एकीकरण ? किन एकीकरण ? हामीसँग उहाँले कुनै कुरा गर्नुभएको छैन ।’
सांसद कर्णले औपचारिक रुपमा एकीकरणको प्रस्ताव नआएको उल्लेख गर्दै के को लागि ? र किन एकीकरण गर्नुपर्ने हो ? भन्ने प्रश्न गर्नुभयो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका