-कृष्ण बिष्ट
बतडी । बैतडीको पाटन विमानस्थलमा दुई महिनादेखि जहाज चल्न सकेका छैन । लुक्ला र जोमसोतिर पर्यटकहरूको घुईचो हुने गरेका कारण पाटन धनगढी विमान सञ्चालनमा नआएको पाटन विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर चेतराज भट्टले जानकारी दिनुभयो ।
समिट एयरले पर्यटकीय क्षेत्रहरूमा बढी उडान भरिरहेको हुनाले पाटन आउन नसकेको उहाँले बताउनुभयो । ‘लुक्ला जोमसोमतिर पर्यटकहरूको भिडभाड छ, बढीजसो फ्लाईट उतै भईरहेको छ ।’ एयर ट्राफिक कन्ट्रोलर भट्टले भन्नुभयो, ‘एक दुई हप्तापछि आउने भन्ने कुरो छ ।’
गत चैत १० गते उडान भरेको समिट एयरका जहाज त्यसपछि नआएको समिट एयर बैतडीका सम्पर्क ब्यक्ति कृष्ण दत्त भट्टले जानकारी दिनुभयो । हरेक साताको बिहीबार धनगढी-पाटन र पाटन-धनगढी सञ्चालनमा आउने गरेको थियो ।
यता, धनगढी विमानस्थलले भने अबको दुई हप्तापछि विमान नियमित सञ्चालनमा आउने जनाएको छ । पाटनमा सुरुदेखि नै समिट एयरले उडान भर्दै आएको छ । यात्रुहरूका अनुसार भाडा पनि बढी भएको गुनासो आउने गरेको छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र