बिएनएको दोहोरो जित

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । आयोजक बसुन्धारा नेसनल एकेडेमी (बिएनए) ले पाँचौँ बिएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा मंगलबार दोहोरो जित हात पारेको छ । जुनियर ब्वाइजमा बिएनएले स्किब्सलाई २९-६ ले पराजित गर्‍यो । बिएनएको जितमा एलेक्स गुरुङले ११ अंकको योगदान गर्नुभयो । सिनियर ब्वाइजमा सन्देश खड्काको १६ अंकको सहयोगमा बिएनएले युनिभर्सिटीलाई ३५-१७ ले हरायो ।

एचएचसिएले पनि दोहोरो जित निकालेको थियो । सिनियर ब्वाइजमा एचएचसिएले एन्जल्स हार्टलाई २९-२५ ले पन्छायो । विजेताका तर्फबाट विनोद शाहीले १३ स्कोर गर्नुभयो । सिनियर गल्र्समा एचएचसिएले फेरिल्यान्डमाथि २०–४ को जित निकाल्यो । एचएचसिएकी रेश्मा तामाङले १० अंक जोड्नुभयो ।

सिनियर ब्वाइजको अन्य प्रतिस्पर्धामा स्किब्सले लालीगुराँस नेसनल एकेडेमीलाई ४२-२३, ग्रिनल्यान्डले सेबलाई ३४-२७, भ्याली पब्लिकले स्कोलर्स होमलाई ६९-१८, गोल्डेन पिकले ओडिसी इन्टरनेसनल एकेडेमीलाई ४४-२३ र इडेन ब्रिज एकेडेमीले फेरिल्यान्डलाई १९-१४ ले पराजित गरे । जितमा स्किब्सका युनिकले १३, ग्रिनल्यान्डका सुरेश बिसीले ११, भ्याली पब्लिकका छिरिङ लामाले २०, गोल्डेन पिकका सविन तामाङले २८ र इडेन ब्रिजका आयुश राईले आठ अंकको योगदान गर्नुभयो ।

प्रतियोगिताको टोखा नगरपालिका वडा ५ का अध्यक्ष मदन गुरुङ र बिएनएका प्रिन्सिपल टंककुमार चापागाईंले निर्णायकलाई एक कार्यक्रमबीच बल हस्तान्तरण गरी संयुक्तरूपमा उद्घाटन गर्नुभयो । सिनियर ब्वाइजमा १९, जुनियर ब्वाइजमा १२ तथा गल्र्समा सात गरी ३८ टिम सहभागी छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?