श्रीलंकामाथि अस्ट्रेलियाको सानदार जित

Read Time = 2 mins

कोलेम्बो । अस्ट्रेलियाले पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा घरेलु टोली श्रीलंकालाई १० विकेटले पराजित गरेको छ । योसँगै तीन टी-२० आई खेलको सिरिजमा अस्ट्रेलियाले १-० को अग्रता लिएको छ । जितका लागि १२९ रनको सामान्य विजयी लक्ष्य पछ्याएको अस्ट्रेलियाले १४ ओभरमा कुनै विकेट नगुमाई लक्ष्य भेट्टाएको थियो । ओपनर डेविड वार्नर ४४ बलमा ९ चौकासहित ७० रनमा अविजित रहनुभयो । यस्तै कप्तान आरोन फिन्च ४० बलमा ४ चौका र ४ छक्कासहित ६१ रनमा अविजित रहनुभयो ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलंकाले १९.३ ओभरमा १२८ रन जोडेको थियो । श्रीलंकाका चरिथ असालंकाले ३४ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ३८ रन बनाउनुभयो । त्यसबाहेक पाथुम निसंका ३१ बलमा २ चौका र १ छक्कासहित ३६, ओपनर धनुष्का गुणथिलका १५ बलमा ३ चौका र १ छक्कासहित २६ रनमा आउट हुनुभएको थियो ।

श्रीलंकाका सात खेलाडीले दोहोरो अंकमा रन छुन सकेनन् । अस्ट्रेलियाका जोश हेजलवुडले ४ ओभरमा १६ रन खर्चेर ४ विकेट लिनुभयो । मिचेल स्टार्कले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिनुभयो । केन रिचड्र्सनको नाममा १ विकेट रहृयो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?