‘क्याराभान’ निर्देशक काठमाडौंमा

Read Time = 2 mins

काठमाडौं । नयाँ चलचित्रको तयारीका लागी ओस्कार अवार्डमा मनोनित नेपालको पहिलो फिल्म ‘क्याराभान’ निर्देशक एरिक भ्याली काठमाडौं आइपुग्नुभएको छ । उहाँ पेरिसबाट काठमाडौं आइपुग्नुभएको हो ।

भ्यालीका अनुसार आगामी प्रोजेक्ट छायांकनको पूर्वतयारी बुझ्न आइपुग्नुभएको हो । उहाँले काठमाडौं रहुन्जेलमा चलचित्रको छायांकनस्थलसँगै स्क्रिप्टलाई पूर्णता दिने जनाउनु भएको छ । वर्किङ टाइटल ‘क्याराभान २’ राखिए पनि आधिकारिक टाइटल चाहिँ नयाँ नै हुने जनाइएको छ ।

नयाँ चलचित्रका लागि भ्यालीले हुम्लाका दुई नन–एक्टर पुरुष कलाकारलाई फाइनल गरिसक्नुभएको छ । दुई अभिनेत्री मेनुका प्रधान र ‘नाका’ फेम्ड थिन्ले ल्हामोमध्ये एकजनालाई लिने बुझिएको छ । सम्भावित कास्टिङका लागि एरिकले ती दुई अभिनेत्रीलाई भेटिसक्नुभएको छ । फ्रान्सको एक कम्पनीसँग मिलेर एरिकले बनाउन लागेको यो प्रोजेक्ट कोरोना महामारीले प्रभावित भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?