‘वेलकम टु हेम्जाकोट’को मायाको रेडियो सार्वजनिक

Read Time = 1 min

काठमाडौं । नयाँ नेपाली चलचित्र ‘वेलकम टु हेम्जाकोट’मा समावेश ‘मायाको रेडियो’ बोलको गीत बुधबार राजधानीमा आयोजित प्रेसमिटमा सार्वजनिक गरिएको छ । काक्तिक २५ गतेलाई प्रदर्शन मिति तय गरिएको यो चलचित्रको सार्वजनिक उक्त गीतमा सरोज पौडेलको लेखन र निर्देशन छ ।

चलचित्रको आइटम फ्लेभरको गीतमा विनोद न्यौपाने र अलिशा शर्मा फिचर हुनुहुन्छ । कविराज गहतराजले कोरियोग्राफी गरेको गीतमा उदेश श्रेष्ठ र इन्दिरा जोशीको स्वर, राज सागरको संगीत र प्रज्वल अधिकारीको शब्द छ ।

तेजप्रसाद दाहालको प्रस्तुति, सुमन खड्का कार्यकारी निर्माता र जितेन्द्र गिरी निर्माता रहेको चलचित्रमा बिनोद, अम्बिका, सुजैरा, अस्मिताका साथमा बुद्धि तामाङ, शारदा गिरी, विशाल पहाडी, रवि गिरी, सन्दीप सिग्देल र स्व.जयनन्द लामाले अभिनय गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?